प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी दर्ता

काठमाण्डु– युवराज पौडेल ‍'सफल'ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका छन् । पदमा रहँदा शक्तिको दुरुपयोग गर्दै मानव तस्करी गरेको भन्दै सफलले बुधबार जिल्ला प्रहरी परिसर काठमाण्डुमा हुलाकमार्फत उजुरी पठाएका हुन् । पौडेलले प्रधानमन्त्री ओली तथा गृहमन्त्री रमेश लेखकसहित उपसभामुख इन्दिरा राना, पूर्व गृहमन्त्रीहरू बामवदेव गौतम, कृष्ण सिटौला, भीम रावल,विजयकुमार गच्छदार,शक्तिबहादुर…