धनकुटा – खानेपानीमन्त्री प्रदीप यादवले नेपाली नागरिकका घरघरमा स्वच्छ अनि शुद्ध खानेपानी पुर्याउनु सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् । शनिबार धनकुटास्थित बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्दै उनले नेपाली नागरिकका घरघरमा स्वच्छ अनि शुद्ध खानेपानी पुर्याउने लक्ष्यअनुसार तीव्र रूपमा काम भइरहेको बताए । उनले भने, ‘हामी एउटा ऐतिहासिक यात्राको प्रारम्भ गर्दैछौं…