काठमाण्डु -सशस्त्र प्रहरी बलमा एसपीको बढुवा निस्केको छ । आइतबार मध्यराति सशस्त्र प्रहरी बलले सूचना प्रकाशित गर्दै डिएसपीबाट एसपीमा बढुवा हुने ३७ जनाको नाम प्रकाशित गरेको हो । बढुवा हुनेहरुमा एक नम्बरमा टोपबहादुर डांगी रहेका छन् भने अन्तिममा पुरनचन्द्र भट्ट छन् । सशस्त्रको बढुवा समितिले बढुवाका लागि दुई साता अघि सूचना प्रकाशित गरेको थियो ।…