निर्मला हत्या प्रकरणको टुंगो लगाउंछु,शक्तिकेन्द्रबाट दबाव दिनेको रेकर्ड राख्छौं :धिरजप्रताप सिंह

काठमाण्डु-  नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणलाई टुंगोमा पुर्याउने बताएका छन् । आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा प्रहरी मुख्यालय नक्सालमा बिहिवार पत्रकार सम्मेलन गर्दै उनले निर्मला हत्या प्रकरणको अनुसन्धान निष्कर्शमा पुगाउने बताएका हुन् । कंचनपुरकी निर्मला पन्तको ४ वर्षअघि बलात्कारपछि हत्या भएपनि उनका हत्यारा अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।…