सैनिक आचरण उल्लंघनका घटनाले सङ्गठनलाई नै ध्वस्त पार्न सक्छः प्रधानसेनापति थापा

काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक संगठनको कार्यशैलीमा परिवर्तन ल्याउन सोंचाई र व्यक्तिगत मुल्य मान्यतामा परिवर्तन ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभाहलमा आयोजित सप्ताहव्यापी ‘तेस्रो सैनिक आचार संहिता सप्ताह–२०७८’ कार्यक्रमलाई समापन गर्दै प्रधानसेनापति थापाले जबसम्म हामीमा परिवर्तन आउँदैन तबसम्म संगठनको कार्यशैलीमा परिवर्तनको अपक्षा राख्नुको कुनै अर्थ नभएको बताएका…