भारतीय सेनाले नेपाली सेनालाई दियाे एक लाख डोज कोरोना खोप

काठमाण्डु - भारतीय सेनाले नेपाली सेनालाई सहयोगस्वरुप प्रदान गरेको एक लाख डोज कोरोना विरुद्धको खोप 'कोभिशिल्ड' मध्ये पहिलो खेपको खोप हस्तान्तरण गरेकाे छ। मंगलबार जंङ्गी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच औपचारिक रुपमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई खोप हस्तान्तरण गरेका हुन्। कार्यक्रममा भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणेले भिडियो कन्फरेन्समार्फत उक्त खोप…