काठमाण्डु – संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली आज दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ । त्यहाँ तैनाथ शान्ति मिसनमा खटिन नियमित अदलीबदलीको क्रममा पहिलो टोलीका ७८ जना नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कोभिड–१९ महामारीकाबीच पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति…