काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षालाई मध्यनजर गर्दै गृह मन्त्रालयले प्रहरी निरीक्षक इन्स्पेक्टरको कमान्डमा प्रहरी टोली खटाएको छ । दुई वर्षपछि गत शुक्रबार सार्वजनिक भएका विप्लव शान्ति प्रक्रियाबाट मूलधारको राजनीतिमा आएसँगै उनलाई सुरक्षा दिइएको हो । विप्लवको सुरक्षाको लागि इन्स्पेक्टरको कमाण्डमा १० जना प्रहरी टोली खटाइएको महानगरीय प्रहरी परिसर, काठमाण्डुका एसएसपी अशोक सिंहले…