काठमाण्डु – कञ्चनपुरमा नेकपाको केपी ओली समूह र प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबीच झडप भएको छ । पार्टी कार्यालय कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहले बैठक बोलाएपछि उक्त समूहलाई प्रयोग गर्न नदिन पार्टी कार्यालयमा ओली समूहले तालाबन्दी गरेको थियो । प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ता मुख्य गेटको ताल तोडेर भित्र प्रवेश गरेपछि झडपको स्थिति सिर्जना भएको कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी…