काठमाण्डु – नेपाली सेनाले तयारी अवस्थामा रहन सबै पृतनापतिहरुलाई निर्देशन दिएको छ । आइतबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सबै पृतनापतिहरुलाई भिडियो कन्फरेन्समार्फत पछिल्लो घटनाक्रमबाट उत्पन्न हुने परिस्थितिलाई आँकलन गर्दै तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले पछिल्लो समय विकशित भएका घटनाक्रमबारे छलफल भएको जानकारी दिए । प्रवक्ता पौडेलले सबै पृतनाहरुलाई आफ्नो…