विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डु – सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो । बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो । पोखरेल डिआईजी बढुवा हुंदा…