‘किङफिसर’ ताल पुनर्निर्माणमा जुट्दै सेना

चितवन – नेपाली सेनाले उच्च प्राथमिकतामा राखेर चितवनको भरतपुर महानगरपालिका–६ केसरवागस्थित ‘किङफिसर’ तालको पुनर्निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७७–७८ मा तालतलैया संरक्षण र पुनर्निर्माणको महत्वपूर्ण परियोजनाका रूपमा सेनाले उक्त कार्य गर्न लागेको हो । किङफिसर भन्ने चरा त्यस स्थानमा आएर चरीचरन गर्ने क्रममा माछा खाने गरेकाले उक्त तालको नाम किङफिसर ताल राखिएको…