काठमाण्डु – नेपाली सेनाले काठमाण्डु–तराई–मधेश द्रुतमार्गको सुरुङ निर्माण कार्य प्रारम्भ गरेको छ । सेनाले द्रुतमार्गमा पर्ने तीन सुरुङमार्ग निर्माणका लागि आह्वन गरिएको बोलपत्रको पूर्व योग्यता खोलेको जनाएको छ । सेनाले सुरुङमार्गलाई दुई वटा प्याकेजमा विभाजन गरेर प्रस्ताव माग गरेको छ । प्याकेज १ मा एउटा सुरुङमार्ग र प्याकेज २ मा दुई वटा सुरुङमार्ग राखिएको छ…