डडेल्धुरा – भारतसँग सीमा जोडिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–१ रुपालस्थित सेल्टुडामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथोकीले बताए । उनले सीमा सुरक्षा, सीमा स्तम्भहरुको संरक्षण…