कोरोना शंकास्पदको उपचारमा संलग्नलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान

काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाले चीनको वुहानबाट फर्काइएका १७५ जना नेपालीको उपचारमा संलग्न चिकित्सकहरुलाई  ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका छन् । शुक्रबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपचारमा संलग्न सैनिक र गैह्र सैनिक व्यक्तिहरुलाई कदर स्वरुप ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका हुन्। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले उच्च जोखिमका बावजुद…