महोत्तरी – महोत्तरी जिल्लामा विगत १४ दिनदेखि असह्य जाडो भइरहेको बेला नेपाली सेना जिल्लाको सीमावर्ती क्षेत्रका गाउँठाउँमा न्यानो बाँड्दै हिँडेको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले अत्यधिक जाडोलाई मध्यनजर गर्दै आज बिहान जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका र पिपरा गाउँपालिकासहितका विभिन्न ठाउँमा दाउरा बाल्नुका साथै सर्वसाधारणलाई तातो चिया उपलब्ध गराएको जलेश्वर नगरपालिकाका…