काठमाडौं –काठमाडौंको शोभाभगवती मन्दिरमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली सेनाको जगदल गणले स्थानीय शहीद गंगालाल प्रगति क्लबसँग सहकार्य गरेर मंगलबार काठमाडौं महानगरपालिका–१५ स्थित शोभाभगवती मन्दिरमा सो शिविर सञ्चालन गरेको हो । जनरल ओपीडी, रगत तथा सुगर परीक्षण र आँखा तथा दाँतको परीक्षण लगायत गरिएको सो स्वास्थ्यशिविरबाट तीन सय जनाभन्दा बढी…