काठमाडौं - नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुडिखेलमा सैनिक कला प्रदर्शनका क्रममा एक जना नेपाली सेना गम्भीर घाइते भएका छन् । सोमबार महाशिवरात्री तथा सेना दिवसको अवसरमा टुँडिखेलमा आयोजित सैनिक कला प्रदशर्नका क्रममा प्यारासुटको माध्यमबाट ’फ्री फल जम्प’ देखाउने क्रममा सेनाका पूर्णबहादुर भण्डारी घाइते भएका हुन् । प्राविधिक कारणले सही रुपमा तल झर्न नसक्दा…