काठमाडौं – सशस्त्र द्वन्द्वको समयमा नेपाली सेनाबाट भागेर जनमुक्ति सेनामा प्रवेश गरेका पूर्वमाओवादी लडाकु शक्ति गुरुङलाई सैनिक अदालतले १० वर्ष जेल सजाय तोकेको छ । गोरखा आरुघाट–९ का गुरुङलाई भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुने गरी सैनिक अदालतले फैसला सुनाएको जंगी अड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । २०६३ साल साउन ३० गते हतियारसहित भागेका…