काठमाडौं –राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले नवनिर्मित सैनिक मुख्यालयको उदघाटन गरेकी छन् । २०७२ सालको विनासकारी भुकम्पमा क्षतिग्रस्त भएको जङ्गी अड्डा भवनको पुनर्निर्माण सम्पन्न पश्चात आज भण्डारीले उक्त सात तले भवनको उदघाटन गरेकी हुन् । सरकारले नेपाली सेनाको संरचना अनुसार सुविधा उपलब्ध गराउने उद्देश्यले यस भवनको मिति २०७३ जेष्ठ २४ गतेबाट निर्माण कार्य…