चर्चित ३३ किलो सुन र भरिया सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त गोरे पक्राउ

काठमाडौं - चर्चित ३३ किलो सुन र भरिया सनम शाक्य हत्या काण्डका सतहमा देखिने मूख्य योजनाकार चुडामणि उप्रेती उर्फ गोरे पक्राउ परेका छन् । भारतको नयाँदिल्लीमा पक्राउ परेका गोरेलाई  काठमाडौं ल्याइएको प्रहरी स्रोतले बताएको छ । गत माघमा यूएईबाट आएको ३३ किलो सुन गायब भएपछि गोरेले आफ्ना पूर्व सहयोगी सनम शाक्यको फागुन १८ मा हत्या…