अपराध महाशाखाका प्रमुख लोहनीलाई आजै फिर्ता बोलाउने गृहको तयारी

काठमाडौं– तस्करीको साढे ३३ केजी सुन काण्डमा मुछिएका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवस लोहनीलाई गृहमन्त्रालयले फिर्ता बोलाउने तयारी गरेको छ । लोहनीसहित घटनामा मुछिएका डीएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई समेत फिर्ता बोलाउने निष्कर्शमा मन्त्रालय पुगेको छ । घटनाको बारेमा गृह मन्त्रालय र प्रहरी मुख्यालयले दुई वटा अलग–अलग छानविन समिती बनाएको थियाे ।…