काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । कीर्तीपुर मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ३ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुले स्पोर्ट बाजी, प्रोबो ललगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको आरोप छ । आरोपीहरूले दुईवटा एपको प्रयोग गरेर सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।…