काठमाण्डु - राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा कर्णालीले प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको कर्णालीले प्रदेशले ४२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै एक सय ७१ रनको योगफल बनायो…