क्रिकेट खेलका लागि बेलायत धार्मिकस्थल : ज्ञानेन्द्र मल्ल

अल्डरशट- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले क्रिकेट खेलका लागि बेलायत धार्मिकस्थल भएको बताएका छन्। गैरआवासीय नेपाली संघ युकेद्धारा बुधबार अल्डरशटमा आयोजित सम्मान तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वजगतले बेलायतलाई मक्का मदिना र पशुपतिनाथ जस्तै धार्मिक स्थलको रुपमा हेर्ने गरेको बताए। अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएर बेलायत आएका मल्लले बेलायती स्थित नेपाली समुदायको…