प्रधानमन्त्री कप क्रिकेट : बागमतीले कोशी प्रदेशलाई दियो २७४ रनको लक्ष्य

काठमाण्डु - बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई जितका लागि २७४ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएका बागमतीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७३ रनको योगफल बनायो । बागमतीका लागि आशुतोष घिरैयाले एक  सय ११ बलमा…