अदालतले पुनःस्थापना गर्‍यो निलम्बित श्रीलंकाली क्रिकेट बोर्ड

काठमाण्डु- आईसीसी एकदिवसीय विश्वकपमा घरेलु टोली भारतसँग ३०२ रनले पराजित भएपछि सरकारले निलम्बन गरेको श्रीलंकाली क्रिकेट बोर्डलाई त्यहाँको अदालतले पुनःस्थापना गरेको छ। श्रीलंकाको पुनरावेदन अदालतले मंगलवार क्रिकेट बोर्ड बर्खास्त गर्ने खेलमन्त्रीको निर्णयलाई खारेज गरेको हो। साथै अदालतले सुनुवाइ पूरा नभएसम्म निष्काशित अधिकारीहरूलाई पुनर्वहाली पनि गरेको छ। सोमवार श्रीलंका क्रिकेट बोर्ड बर्खास्त गर्ने र एउटा अन्तरिम…