काठमाण्डु – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ४०० मिटरमा त्रिभुवन आर्मी क्लबका सोम कुमालले स्वर्ण पदक जितेका छन् । मंगलबार भएको खेलमा उनले निर्धारित दुरी ४७.९५ सेकेण्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् । यसअघि सन् १९९० मा आशाराम चौधरीले चीनमा सम्पन्न एसियन गेम्समा राखेको ४८.३२ सेकेण्डको कीर्तिमान यसपटक कुमालले तोडेका हुन् ।…