काठमाण्डु - प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा खेलकुदको विकासका लागि व्यवस्था गरिएको दश करोडको अक्षयकोषले आगामी दिनमा खेलाडीहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने बताएका छन् । शुक्रवार त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित एक कार्यक्रममा प्रधानसेनापति शर्माले उक्त कुरा बताएका हुन् । सम्बोधनका क्रममा प्रधानसेनापति शर्माले नेपाली सेनाको सदस्यका रुपमा खेलकुद क्षेत्रमा आबद्ध भई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय…