काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने बिहीबार क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न वेस्ट इन्डिज प्रस्थान गर्ने भएका छन् । सन्दीप भोलि (बिहीबार) कोरियन एयरको चार्टर्ड फ्लाइटबाट वेस्ट इन्डिज प्रस्थान गर्न लागेका हुन् । यसअघि हवाई उडानका कारण सन्दीपले प्रतियोगिता गुमाउने सम्भावना भए पनि चार्टर्ड फ्लाइटमार्फत उनी बिहीबार प्रतियोगिता…