एन्फा महासचिवमा तुलाधर र काेषाध्यक्षमा जाेशी नियुक्त

काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिवमा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरिएको छ । एन्फाको नवनिर्वाचित कार्यसमितिको आज बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । यसअघि तुलाधर प्रमुख कार्यकारी अधिकृत र जोशी सहकोषाध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै एन्फाका मानार्थ अध्यक्षमा टासी घले, वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राई, मनार्थ उपाध्यक्ष तथा आर्थिक समितिका…