बझाङकी छोरी गौरीका सिंह :आठौं राष्ट्रिय खेलकुदको सबैभन्दा सफल खेलाडी

नेपालगञ्ज - ओलम्पियन तथा कीर्तिमानी नेपाली पौडीवाज गौरिका सिंहले आठौं राष्ट्रिय पौडी च्याम्पियनमा १२ स्वर्ण जित्दै कीर्तिमान बनाएकी छन् । उनले चारवटा नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाइन्। पदकको दृष्टिकोणले उनी आठौँ राष्ट्रिय खेलकुदको सबैभन्दा सफल खेलाडी बनेकी छिन्। नेपालगन्जको एउटा प्रतिस्पर्धा जितेपछि उनले भनिन, “मेरो बुवाको घर बझाङ हो। त्यसैले आफ्नै घरमा आएर खेलेझैँ महसुस…