यू–१६ युथ लिग आजदेखि, उद्घाटन खेल मनाङ र श्रीभगवती क्लबबीच हुने

काठमाण्डु- अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा यु–१६ युथ लिग प्रतियोगिता शुक्रबारदेखि शुरु हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी र श्रीभगवती क्लब भिड्नेछन्। फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्किम (टीडीएस) अन्तर्गत आयोजना हुने प्रतियोगितामा ए डिभिजनका १४ क्लब सहभागी हुँदैछन्। थ्रीस्टार क्लबले प्रतियोगिता खेल्न पाउने छैन भने थ्रीस्टारको स्थानमा…