काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारबाट सुरु हुन गइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग (एनपीएल) को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ‘ब्रिफिङ’ लिएका छन् । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलसहित काठमाण्डु प्रहरी प्रमुख रमेश थापासँग एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिएका हुन् । गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त–दुरुस्त…