काठमाण्डु - नेपाल पहिलो नेत्रहीन टी-२० विश्वकपको फाइनलमा पुगेको छ । नेपालले उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ । फाइनल खेल आइतबार बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगितामा नेपाल र भारत एकपटक भिडिसकेका छन् । दृष्टिविहीन महिला टी-२० विश्वकप पहिलोपटक आयोजना भएको हो । पहिलो संस्करणमै नेपाल फाइनलमा स्थान बनाउन सफल भयो । श्रीलंकाको राजधानी कोलम्बोमा…