एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डु - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा शुक्रबार सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । यसअघि पोखराले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ रनको फराकिलो हार व्यहोरेको थियो । तालिकाको सातौँ स्थानमा रहेको पोखरा अंकविहीन छ । यता, पोखराविरुद्ध…