असार अन्तिम हप्ता गण्डकी कप महिला फूटबल हुने

पोखरा – पोखरा गण्डकी प्रदेश फूटबल संघको आयोजनामा आगामी असारको अन्तिम हप्ता गण्डकी कप महिला फूटबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेशमा पहिलोपटक राष्ट्रिय स्तरको महिला फूटबल प्रतियोगिताका लागि अखिल नेपाल फूटबल संघ (एन्फा) ले समेत मिति दिएको छ । एन्फाले मंगलबार गण्डकी प्रदेश फूटबल संघको नाममा पत्र काट्दै असार २८ देखि साउन ३…