काठमाण्डु- वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा सोमबार नेपाल र हङकङ खेल्दैछन् । खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुनेछ । यसअघि आइतबार भएको खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले हराएको थियो । यस्तै शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । शृङ्खलामा नेपाल, युगान्डा, नामिबिया र हङकङ छन् ।…