सिमानामा सशस्त्र प्रहरीः संख्या बढाउने कि फौंजलाई अत्याधुनिक प्रविधिमैत्री बनाउने ?

-दुर्गा कुँवर दुइ सार्वभौम मुलुकका बीच ओहोर दोहोर गर्न विश्वभर त्यति सजिलो सिमाना कतै छैनन्, जति नेपालले भारतसँग करिब १८ सय ८० किलोमिटर लामो सिमारेखा साझेदारी गर्दै आएको छ। त्यसो त सिमानाका धेरै विन्दूमा चेकपोस्टहरु छन्। तर, ऐतिहासिक तथा साँस्कृतिक हिसाबले एकअर्कासँग बाँधिएका सम्वन्धहरुको कसीमा दुवै मुलुकका वासिन्दाहरु जोसुकैलाई जतासुकैबाट सिमाना आरपार गर्न कुनै छेकबार…