काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित चियापान समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले शान्ति प्रक्रिया टुंग्याउन एमाले तयार रहेको बताए । सहमतिकै आधारमा अदालतको आदेशलाई सम्मान गर्दै संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा सम्बोधन हुनुपर्ने उनले बताए । ‘शान्ति प्रक्रिया टुंग्याउनुपर्छ, सहमतिका साथ…