काठमाण्डु- निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको २४ घण्टा बित्न नपाउँदै सुदूरपश्चिम प्रदेश सभाका संसदीय समितिहरुका सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार मात्रै आगामी शुक्रबार (असोज १२) गतेका लागि सभापतिहरुको चुनावको कार्यतालिका प्रकाशित गरिएको थियो । तर सो निर्वाचनका कार्यतालिका स्थगित गरिएको हो । सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक भएको थियो…