गृहमन्त्रीज्यू, चिकित्सक कुट्नेमाथि कडाभन्दा कडा कारवाही होस् : सभापति लामिछाने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हेटौंडाको सन्चो अस्पतालमा गुण्डागर्दी शैलीमा चिकित्सक कुट्नेलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई सम्बोधन गर्दै सभापति लामिछानेले कारवाहीको माग गरे । घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सभापति लामिछानेले लेखेका छन्, ‘चिकित्सक माथिको कुटपिट अराजकताको पराकाष्ठा हो ।…