कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, अब असोज ४ गते बस्ने

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ । आज बुधबार कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै बैठक सरेको जानकारी दिएका छन् । बैठक अब असोज ४ गते दिउँसो १ बजे बस्ने तय भएको छ । यसअघि बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले असोज २ गते बैठक बस्ने तय गरेको थियो ।…