त्रिदेशीय टी–२० महिला क्रिकेट : थाइल्यान्डसँग जित्नै पर्ने दबाबमा नेपाल

काठमाण्डु- काठमाडौंमा जारी त्रिदेशीय टी–२० महिला क्रिकेट प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपालले मंगलबार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । प्रतिस्पर्धा दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिताको पाँचौ खेलको समाप्तिसम्म अपराजित रहेको थाइल्यान्डलाई हराउनै पर्ने दबाबमा नेपाल छ । मंगलबारको खेलमा समेत पराजित भए नेपालको उपाधि यात्रा समाप्त हुनेछ । जितले थाइल्यान्डलाई…