धनुषा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेशसभामा रिक्त रहेको समानुपातिक सदस्य पदका लागि महोत्तरीको सरिताकुमारी ठाकुरलाई सिफारिस गरेको छ । पार्टीले यसअघि प्रदेशसभा सदस्य रहेकी कञ्चन बिच्छालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै सांसद पदबाट फिर्ता बोलाएकोमा अदालतले उनको रिट निवेदन खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अगाडि बढेको हो । बिच्छा पदमुक्त भएपछि…