काठमाण्डु- ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक समापन भएको छ । काठमाण्डुस्थित प्रज्ञाभवनमा पाँचदिनदेखि चलेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार समापन भएको हो । बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले अभियान भाद्र १६ गतेदेखि…