काठमाण्डु – नेपाली मनोरञ्जन क्षेत्रका चर्चित कलाकार सागर लम्साल (बले) माथि गम्भीर आरोप सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कलाकारहरूले प्रतिक्रिया जनाइरहेका छन् । अमेरिका बस्ने युवतीले वर्षदिनअघि आफूलाई जबरजस्ती करणी गरिएको दाबी गर्दै सामाजिक सञ्जालमा आफ्ना भोगाइहरू सार्वजनिक गरेपछि कलाकारहरूको फरक–फरक प्रतिक्रिया आउन थालेको हो । आरोप पुष्टि वा खण्डनको प्रक्रिया कानुनी रूपमा अगाडि बढ्न बाँकी…