काठमाण्डु – गृह मन्त्रालयले गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि सोमबार सिंहदरबारमा २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरेका हुन् । कार्ययोजनामा गाँजाको खेती र प्रयोगको मापदण्ड बनाउनेदेखि स्थानीय तहबाट नै नागरिकता वितरण गर्ने सम्मका योजना समेटिएका छन् । गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र…