काठमाण्डु – नवगठित नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले विभाजन कम्युनिस्ट आन्दोलन विसर्जन विरुद्धको वैधानिक विद्रोह भएको बताएका छन् । बुधबार निर्वाचन आयोगमा समाजवादी पार्टी दर्ता गरेपछि विज्ञप्ति जारी गर्दै नेता नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको विसर्जन रोक्न आफुहरुले कठोर कदम चाल्नुपरेको बताएका हुन् । साथै उनले एमाले पुनर्गठन र रूपान्तरणको अभियानमा जुट्न अपिल…