काठमाण्डु– प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलको अवरोधपछि आजै १५ मिनेटपछि बस्नेगरी सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री एवं गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’…